धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा
जनकपुर - धनुषाको महेन्द्रनगरदेखि शान्तिपुरको आवागमन ठप्प भएको छ ।
निरन्तर पानी परेपछि आएको बाढीले सडक कटान गरेपछि औरही खोला पुल जोखिममा परेको छ । बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ ।
दुवैतर्फबाट हुने आवत जावत ठप्प भएको छ । स्थानीय प्रहरी प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ ।
केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

