Harsamaya
नारायणगढ–मुग्लिन सडक बन्द 
नारायणगढ–मुग्लिन सडक खण्ड ।

चितवन - नारायणगढ–मुग्लिन सडक खण्ड अहिले बन्द छ । यो सडक आज दिउँसो १ देखि ३ बजेसम्मका लागि बन्द गरिएको हो । तुइन खोलामा गएको पहिरो पूर्ण रूपमा पन्छाउनका लागि दिउँसो सडक बन्द गरिएको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो बन्द गरेर सफाइ गरेसँगै दुईतर्फी सञ्चालनमा ल्याउन सकिने छ । 

इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो । आइतबार साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको भए पनि रातको समयमा सडक बन्द गरिएको थियो ।

पहिरोका कारण सडक रोकिएपछि अलपत्र परेका यात्रुहरूलाई जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा खाद्यान्न वितरण र स्वास्थ्य परीक्षण गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update