म्याग्दीमा १३९ वटा झोलुङ्गे पुल निर्माण
मंगलबार, माघ २९, २०८१
‘झोलुङ्गे पुलबाट समुदायलाई जोड्ने प्रयासमा हामी पनि वर्षौंदेखि आबद्ध छौँ, समुदायमा आधारित कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ’ , उनले भनिन् । यसै क्रममा हालै मात्र जिल्लाको धवलागिरि–७ धारापानी र मालिका गाउँपालिका–७ खारा जोड्ने उक्त पुल निर्माण भएपछि २७४ घरधुरीका व्यक्ति लाभान्वित भएका छन् । पुल बनेपछि एक घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ ।
सप्तरीमा चार अर्ब लगानीमा ६ वटा उद्योग खोलिँदै
मंगलबार, माघ २९, २०८१
सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र रु चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ ।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
आइतबार, माघ २७, २०८१
बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।
कालीगण्डकी करिडोरः मुस्ताङमा बने थप ३ वटा मोटरेवल पुल
आइतबार, माघ २७, २०८१
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ।
चन्द्र ढकालले भने - पाथीभरा केबलकार निर्माणमा अवरोध गर्नेले ताप्लेजुङवासीको भविष्यमाथि खेलबाड गरे
शनिबार, माघ २६, २०८१
पाथीभरा केबलकारका विषयमा शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले केबलकारले पहिचानको प्रवर्द्धनका साथै स्थानीयको नागरिकको जीवनस्तरमा सुधार ल्याउने भन्दै केबलकार निर्माणमा अवरोध गर्न खोज्ने कामले ताप्लेजुङका बासिन्दाको भविष्यमाथि खेलबाड गर्ने काम भएको बताएका हुन् ।
वालिङ–हुवास सडक: ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
शनिबार, माघ २६, २०८१
संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ ।
‘एसियन हाइवे’ निर्माणले गति लिँदै
शुक्रबार, माघ २५, २०८१
सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ ।
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
मंगलबार, माघ २२, २०८१
जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गरेका हुन् ।
रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
मंगलबार, माघ २२, २०८१
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएनअष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
सोमबार, माघ २१, २०८१
परियोजनाको लागत करसहित कूल रु ७२ करोड ९८ लाख १६ हजार रहेको छ । परियोजना सम्पन्न भएपछि जिल्लाको यातायात सुविधामा सहज हुने अनुमान गरिएको छ । हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थितिमा किराती नाक्छुङ कर्णबहादुर राईले किराती मुन्दुमअनुसार पूजापाठ गरी आज काम...
नारायणघाट-बुटवल सडक विस्तारले गति लिँदै
सोमबार, माघ २१, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।
खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
शनिबार, माघ १९, २०८१
काभ्रेपलाञ्चोक जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ ।
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
शनिबार, माघ १९, २०८१
अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन। भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ।
एक दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन्।
साताको लोकप्रिय

