जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन
शुक्रबार, माघ १८, २०८१
जिल्ला आयोगले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र दिन यसअघि प्राप्त आवेदनहरुमा जाँचबुझ थालिसकिएको जनाएको छ ।‘हामीले काम थालेका छौँ’, अध्यक्ष महतो भन्छन्,‘पहिलो चरणमा यसअघि प्राप्त निवेदनमा जाँचबुझ भइरहेको छ ।’
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न थालियो पहल
शुक्रबार, माघ १८, २०८१
विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो ।
बेनी–दरवाङ सडकः रणवाङ–दरबाङ खण्डमा कालोपत्र सुरू
शुक्रबार, माघ १८, २०८१
जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न थालिएको छ ।
रणवाङको खहरेखोलाबाट दरवाङतर्फ बिहीबारदेखि कालोपत्र गर्न थालिएको हो।
अलपत्र ३९ तीर्थयात्रीको सशस्त्र प्रहरी बलले गर्यो उद्धार
बिहीबार, माघ १७, २०८१
कास्की, काठमाडौँ, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र रहेका सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ कञ्चनजङ्घा गुल्मले उद्धार गरी पाँचथरतर्फ पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
कञ्चनपुरमा ट्याक्टर दुर्घटना, १७ जना घाइते
बिहीबार, माघ १७, २०८१
घाइते १७ जनामध्ये १२ जनाको कञ्चपुरको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको र अन्य ५ जनाको नव जीवन अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक ४३ वर्षीय सियाराम रानालाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
दुई दलले मात्रै संविधान संशोधन गर्नु हुँदैन - डा.शेखर
बिहीबार, माघ १७, २०८१
कार्यक्रममा संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति राजनैतिक पद नभएकाले आगामी संविधान संशोधनमा यसलाई स्पष्ट पार्नुपर्ने बताए । न्यायपालिकाले मात्र लोकतन्त्र बचाउन सक्ने भएकाले यसलाई निष्पक्ष र स्वतन्त्र बनाउन न्याय परिषदमा बार एसोसिएसन र सरकारको प्रतिनिधित्व हटाउन तथा संसदीय सुनुवाइको प्रावधान खारेज गर्न उनले आग्रह गरे ।
दिक्तेलबाट बिरामी लिएर हिँडेको सुमो दुर्घटना: एकै परिवारका तीनको मृत्यु
बिहीबार, माघ १७, २०८१
जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७:३० बिरामी लिएर काठमाडौँ हिँडेको थियो । आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरुङलाई लिएर काठमाडौँ जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
‘नो केबलकार’ पक्षधरलाई वार्तामा आउन कोशी सरकारको आव्हान
बिहीबार, माघ १७, २०८१
ताप्लेजुङ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केबलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए। 'असन्तुष्ट पक्षहरूसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रूपमा वार्ताको लागि आव्हान गर्दछ,' निर्णयमा भनिएको छ।
खैरो हिरोईनसहित अछामबाट एक जना पक्राउ
बिहीबार, माघ १७, २०८१
अछामको मंगलसैन नगरपालिका–३ बसपार्क स्थित सडकखण्डबाट प्रहरी चौकी मंगलसेन अछामबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका–१ बस्ने २२ वर्षीय रोहित विकलाई बुधवार पक्राउ परेका छ।
प्रेस चौतारी इलामको अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत
बिहीबार, माघ १७, २०८१
सदस्यहरूमा गोपाल अधिकारी, सन्तोष गिरी, सन्देश खड्का, प्रवीण बिसी, रञ्जु थामी, मुना लामिछाने, सुचन राई र गोपाल निरौला चुनिएको छन भने केन्द्रीय प्रतिनिधिहरूमा भगीरथ भण्डारी, बलराम बराइली, मिलन मुखिया, सरिता राई, अतीत योङहाङ र ठाकुर श्रेष्ठ चुनिएको जनाइएको छ । प्रदेश प्रतिनिधिहरूमा सोम सुनुवार, नेत्र लुइँटेल, रिता राराहाङ, दीपक राई,...
निर्दोष बालबालिका पनि कारागारमा
बिहीबार, माघ १७, २०८१
जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदी बन्दीका दुई बालबालिका पनि कारागारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छिन् ।
सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति
बिहीबार, माघ १७, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होछारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनामल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।
आज सोनाम ल्होछार : तामाङ समुदायको पर्व, देशभर उल्लासमय माहोल !
बिहीबार, माघ १७, २०८१
तामाङ समुदाय आज हर्षोल्लासका साथ सोनाम ल्होछार मनाउँदैछन्। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व १२ वर्षचक्रसँग सम्बन्धित छ, जसमा मुसा, गाई, बाघदेखि सुँगुरसम्मका नामबाट वर्ष निर्धारण गरिन्छ।
साताको लोकप्रिय

