Harsamaya
बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की।

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्व विकास र शान्तिको खोजीमा रहेको भन्दै गौतम बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन् ।

सोमबार बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

उनले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको भन्दै सुन्दर, विशाल र शान्त  भूमिमा जन्मिएर गौतम बुद्धले देखाएका सत्मार्गलाई आत्मसाथ गरेर अघि बढ्न सके संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गरे ।

उनको दिव्य ज्ञानलाई विश्वका कुनाकुनामा फैलाउन सके नेपालको मात्र नभई, विश्वकै उन्नति र प्रगति हुने आशा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले शान्तिका प्रतीकका रूपमा रहेका महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु र यहाँबाट हामीले शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरवको विषय भएको बताए ।

मुख्यमन्त्री कार्कीले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको स्मरण गर्दै यो विविधता बीचमा बुद्धले हुर्काएको बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति भएको बताए ।

बुद्धको दर्शनलाई हामीले संसारभर फैलाउँदै समृद्धिको यात्रालाई बल पु¥याउन सकिने कार्कीले बताए ।Photo-(20)-1747026014.jpg

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update