Harsamaya
लिसंखुपाखरमा ‘नेपाली काँग्रेस—वैधानिक र व्यवहारिक वस्तुस्थिति’ विषयक प्रशिक्षण
लिसंखुपाखरमा ‘नेपाली काँग्रेस—वैधानिक र व्यवहारिक वस्तुस्थिति’ विषयक प्रशिक्षण कार्यक्रम ।

सिन्धुपाल्चोक - नेपाली काँग्रेस नीति अनुसन्धान तथा प्रशिक्षण शाखा सिन्धुपाल्चोक लिसंखुपाखारको आयोजनामा ‘नेपाली काँग्रेस—वैधानिक र व्यवहारिक वस्तुस्थिति’ विषयक प्रशिक्षण कार्यक्रम गरेको छ । मंगलबार भएको कार्यक्रममा नेपाली काँग्रेसका बौद्धिक अभियन्ता तथा विश्लेषक वशिष्ठ अधिकारीले पार्टीको सैद्धान्तिक आधार, संगठनात्मक संरचना र व्यावहारिक कार्यप्रणालीबारे विस्तृत जानकारी दिएका थिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतले क्रियाशील सदस्यता सम्बन्धी विवाद देशभर रहेको बताउँदै कार्यकर्तालाई क्रियाशीलता भएर पार्टीमा लाग्न अनुरोध गरे। साथै बस्नेतले काँग्रेसमा अन्तर्घात गर्ने बानी भएकोले चुनावमा अन्तर्घात नगर्न अनुरोध गरे।

काँग्रेस सिन्धुपाल्चोकका उपसभापति दोर्जे लामाले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै प्रशिक्षण कार्यक्रममा देखिएको उत्साहजनक सहभागिता र सद्भावपूर्ण वातावरणले काँग्रेसको सांगठनिक सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रशिक्षण कार्यक्रममा सहभागी एवम् लिसंखुपाखर गाउँपालिका वडा नम्बर -४ का सभापति गौतम लामाले राजनीतिप्रति देशमा वितृष्णा बढिरहेको बेला प्रशिक्षण कार्यक्रम अत्यन्तै समय सान्दर्भिक र प्रभावकारी भएको बताए।

सभापति लामाले राजनीतिक फस्ट्रेसन (विचलन) को यो संवेदनशील अवस्थामा संगठनले सुरु गरेको यस्तो प्रशिक्षण कार्यक्रमले युवामा राजनीतिक चेतना, विश्वास र सकारात्मक सहभागिता विकास गर्न मद्दत पुर्‍याउने अपेक्षा गर्न सक्ने बताए। सिन्धुपाल्चोकको इतिहासमा सम्भवतः पहिलो पटक आयोजित नेपाली काँग्रेसको औपचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम केवल एक साधारण कार्यक्रम मात्र थिएन—यो एक ऐतिहासिक पहल भएको प्रशिक्षण मा सहभागी भएका नेताहरूले बताए।

कार्यक्रममा बागमती प्रदेशका सह-महामन्त्री आदरणीय हरिशरण श्रेष्ठ महासमिति सदस्य प्रेमध्वज लामा लगायत एक सय भन्दा बढी नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update