Harsamaya
कांग्रेस केन्द्रीय सदस्यमा शिवबहादुर सुनार निर्वाचित
शिवबहादुर सुनार ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलित (खुला) क्लस्टरबाट सिन्धुपाल्चोकका नेता शिवबहादुर सुनार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सुनारले १ हजार ९१३ मत प्राप्त गरे।

८ जना निर्वाचित हुने दलित (खुला) क्लस्टरमा ३१ जनाको उम्मेदवारी परेको थियो। कांग्रेस सिन्धुपाल्चोकका पूर्वउपसभापति सुनार विशेष महाधिवेशनपछि कांग्रेस केन्द्रीय सदस्य बनेका थिए।

सुनारले पार्टी रूपान्तरण, सामाजिक न्याय, दलित सशक्तीकरण, शिक्षा–स्वास्थ्य सुधार र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै पाँचबुँदे एजेन्डा अघि सारेका थिए।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update