Harsamaya
आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
मौसम पूर्वानुमान महाशाखा ।

काठमाडौं - आज बिहीबार देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्ने तथा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र कोशी तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुन सक्नेछ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। देशका बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

राति हिमाली भूभागमा सामान्यतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल रहने र तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update