Harsamaya

ललितपुर - ललितपुरको जावलाखेलमा समुन्द्री माछा हेर्नेको भिड लागेको छ । समुन्द्रको माछाको प्रदर्शनी जावलाखेलमा भएपछि दर्शकहरूको भिड लागेको हो । कला संस्कृति संरक्षक नेपालको मुख्य आयोजना रहेको ललितपुर फिस टनेल एक्स्पो काठमाडौं उपत्यकामा पहिलो पटक गरिएको हो । 

समुद्री पानीका माछा देखाएर दर्शकलाई मनोरञ्जन दिनु नै यसको पहिलो उद्देश्य रहेको आयोजक दिपक दाहालले जानकारी दिए । सो एक्स्पोमा दर्शकले माछा हेर्न मात्रै पाउँछन् । थरीथरीका रंगका कुदिरहेका माछाले सबैको मन तानिरहेको छ । टनेलभित्र माछा हेर्दै हिड्नुको मज्जा बेग्लै छ । 

Fish-Expo--2-1746980291.png
माछालाई पानी सुहाउँदो नभएकाले धेरै माछा बिरामी परेको आयोजकले जनाएको छ ।  ‘समुद्री पानी जस्तै पानी बनाउनुपर्छ, पौडेलले भने,  ‘केही तलमाथि हुनासाथ माछा बिरामी परिहाल्छन् ।’ माछा बिरामी परेकालाई साटेर अर्को ल्याउने गरेको उनले बताए । 

एक्स्पो चैत २९ गतेदेखि नयाँ वर्षलाई लक्षित गर्दै गर्ने भनिएतापनि अविरल वर्षाका कारण समयमै एक्स्पो सुरु गर्न नसकिएको उनले गुनासो गरे । एक्स्पो वैशाख १२ गतेबाट सुरु भएको हो । सो एक्स्पो जेठ १० सम्म चल्नेछ । 

एक्स्पो हेर्न एकजनाले १५० रुपैयाँ तिरे पुग्छ । तर विद्यालयबाट आउने विद्यार्थीका लागि शुल्कमा ४० प्रतिशत छुट दिइएको छ । एक्स्पो हेरेर दर्शकहरू धेरै खुशी भएको उनले बताए । घर आँगनमै समुन्द्री माछा देख्न पाउँदा खुशी भएको एक दर्शकले बताए ।  ‘आफ्नो बच्चाहरूलाई देखाउन पाइयो, आफूले पनि हेर्न पाइयो म त निकै खुशी छु’, उनले भने ।

प्रदर्शनीका लागि अहिलेसम्म ७० देखि ८० लाख खर्च भएको पाैडेलले बताए । `अहिले हाम्रो खर्च उठाउने प्रयास मात्रै हो´, उनले भने, `त्यसको लागि तपाईं सबै माछा हेर्न आईदिनुस् है।

Fish-Expo--1-1746980290.jpg

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update