गृहमन्त्री लेखकले कोइरालानिवास पुगेर बीपीले भाइ केशवलाई लेखेको पत्र पढे

काठमाडौं - गृहमन्त्री रमेश लेखक विराटनगरमा रहेको कोइरालानिवास पुगेका छन् ।
मोरङको एक कार्यक्रममा सहभागी हुन गएका लेखक बुधबार बिहान कोइरालानिवास पुगेका हुन् । कोइराला निवास भ्रमणका क्रममा गृहमन्त्री लेखकले बीपी कोइरालाले भाइ केशव कोइरालालाई लेख्नुभएको पत्र अध्ययन गर्नुका साथै ऐतिहासिक तस्वीरहरू ध्यानपूर्वक अवलोकन गरेका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइराला निवासको अग्रणी भूमिका रहेको बताउँदै गृहमन्त्री लेखकले बीपी, गिरिजाप्रसाद, नोना कोइरालालगायतलाई स्मरणसमेत गरेका थिए । कोइराला निवासमा अहिले काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला बस्ने गर्छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ ०९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय