Harsamaya
लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले  दिइन् राजीनामा
लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङ।

काठमाडौं - लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरूङले पदबाट राजीनामा दिएकी छन्। उनले मंगलबार प्रदेश सभा सदस्य पदबाट राजीनामा गरेको उल्लेख गर्दै सभामुख तुलाराम घर्ती मगरलाई पत्र लेखेकी छन्।

गुरूङ जनमत पार्टीकी समानुपातिक सांसद हुन्।

सांसद गुरूङले सभामुख तुलाराम घर्तीमगरलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उल्लेख छ।

सभामुख घर्तीमगरले भने सांसद गुरूङले राजीनामा दिएकोबारे आफूलाई कुनै पत्र प्राप्त नभएको बताए।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update