चैते धान खरिद नगरे आन्दोलन गर्ने किसान महासंघको चेतावनी
आइतबार, असार १, २०८२
चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २८६९ रुपैयाँ तोकिए पनि किसानले बजारमा सरदर प्रतिक्विन्टल १६२५ रुपैयाँमै धान बिक्री गर्न बाध्य भएको महासंघको आरोप छ । धान सड्ने र कुहिने अवस्थामा पुगेको भन्दै किसानहरू आन्दोलनमा उत्रिएको तर सरकार र प्रशासनले चासो नदिएको जनाइएको छ ।
कर्मचारीतन्त्रले नागरिकको मन जित्न सके मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति
आइतबार, असार १, २०८२
उनले स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरूप काम गरे मात्र सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकांक्षलाई सम्बोधन गर्दै तीव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताए ।
एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब
आइतबार, असार १, २०८२
परिवारहरूले मृत्यु भएका आफन्तको डिएनए पहिचान प्रक्रियाको विवरणहरू पर्खिरहेको बताएका छन् । ‘हाम्रा आफन्तहरू मरेका छन् । यो कसको लापरबाही हो ? को जिम्मेवार छ? एयर इन्डियाले आफ्ना विमानहरू विरुद्ध आएका गुनासोहरूमा ध्यान नदिएकोमा चिन्ता लागेको छ । लन्डन उडानको लागि यो विमान किन रोजियो ? के मानव जीवनको कुनै...
राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली
आइतबार, असार १, २०८२
उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समीपमा रहेर काम गर्ने संयन्त्र हो । कुनै पनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनु अर्को एउटा महत्त्वपूर्ण आवश्यकता हो । यो बाहेक देशको राष्ट्रिय...
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा सात बुँदे घोषणापत्र जारी
आइतबार, असार १, २०८२
अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरूले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर बजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे
आइतबार, असार १, २०८२
यस्तै, उनले सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको भन्दै नीति नियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए । सरकारले धर्म र संस्कृतिमाथि असर पार्ने कुनै कार्य नगर्ने पनि उनको भनाई छ ।
हेवा खोलामा निर्माणाधीन बेल ब्रिज बाँकी काम पूरा गर्न सांसद भट्टराईको माग (भिडियोसाहित)
आइतबार, असार १, २०८२
उनले भने, ‘जेठ ३१ गते हेवा खोलामा निर्माणाधीन बेल ब्रिज पुल निर्माणको अन्तिम चरणमा पुगेको बेला दुर्घटनाग्रस्त भएको छ । यो पुल गएको दुई वर्षदेखि बनाउने क्रममा दुर्घटनाग्रस्त हुँदै आएको छ । जसले गर्दा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा यातायात अवरुद्ध हुँदै आएको छ । यसपालि पनि मनसुनको सिजन आउँदै छ...
प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो : सांसद शाही (भिडियोसहित)
आइतबार, असार १, २०८२
उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ? भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।’
आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
आइतबार, असार १, २०८२
बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रूपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।
रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ : सांसद श्याम घिमिरे (भिडियोसहित)
आइतबार, असार १, २०८२
उनले भने,‘रास्वपाले नैतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ ।
ट्रेड टावरको आईपीओ बाँडफाँड
आइतबार, असार १, २०८२
सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोला प्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरूलाई र बाँकी ५.१९ कित्ता शेयर सोही मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरूलाई गोला प्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा...
मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोन वार्ता
आइतबार, असार १, २०८२
‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व क्षेत्रको लागि अप्रत्याशित परिणाम हुनेछ,’ उशाकोभले एक विज्ञप्तिमा भने । पुटिनले द्वन्द्वलाई बढ्नबाट रोक्नुको महत्त्व र सम्भावित मध्यस्थता प्रयासहरूमा संलग्न हुन रुसी पक्षको तयारीमा जोड दिए, उशाकोभले भने ।
साताको लोकप्रिय

