नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने
काठमाडौं - आइसिसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोलीले आज कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले टस जितेर ब्याटिङ रोजेको हो । अब कतार बलिङमा उत्रिने छ । विश्वकप छनोटअघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको ओमानविरुद्धको म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२ १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

