Harsamaya

 काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्सले  विराटनगर किङ्समाथि ४ विकेटको रोमाञ्चक जित निकालेको छ। 

जितका लागि  १८७ रनको बिशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान साेमपाल कामीले अर्धशतकीय पारी खेल्दै ६२ रनको योगदान गरे।विराटनगरका एन्जलो म्याथोजले ३ विकेट लिए।

 यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो दिएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो।

जसमा लाेकेश बमले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८७ रन बनाए। उनी अर्धशतक बनाउने चाैथाे खेलाडी समेत बने। यस्तै एन्जलो माथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनको योगदान गरे।

कर्णालीका कप्तान सोमपाल कामी एक्लैले ४ विकेट हात पारे।

कर्णालीको यो दोस्रो जित हो भने विराटनगरको दोस्रो हार हो।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update