Harsamaya
चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव भने रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का  अनुसार गण्डकी , लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी , कर्णाली  र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राती कोशी , लुम्बिनी , कर्णाली  र सुदुरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

लुम्बिनी , कर्णाली  र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update