अस्थायी भवनमा सारियो बागमती प्रदेशको ६ मन्त्रालय
बिहीबार, असोज १६, २०८२
आगजनीबाट क्षति पुगेका८ वटा मन्त्रालयमध्ये ६ वटालाई अस्थायी रूपमा कार्य प्रारम्भ गर्न सरकारी स्वामित्वका भवनहरूमा स्थानान्तरण गरिएको छ ।
नेपालको विस्तारित ऋण सुविधा आईएमएफले स्वीकृत गर्यो
बिहीबार, असोज १६, २०८२
यसअघि, अन्तर्राष्ट्रिय लेखा परीक्षकबाट १० ठूला बैंकको कर्जाको गुणस्तरसम्बन्धी अध्ययन लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) गर्ने विषयमा अदालतमा मुद्दा परेपछि त्यसले अन्तर्राष्ट्रिय मुद्राकोषको ऋणको छैटौँ किस्तामा ढिलाइ हुने सम्भावना देखिएको थियो ।
राष्ट्रपतिले पनि आमनागरिकलाई दशैंको टीका नलगाउने
बिहीबार, असोज १६, २०८२
देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बिहीबार, असोज १६, २०८२
गाजर (लोकल) प्रतिकिलो १३० रुपैयाँ , गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ , लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ , सेतो मूला (हाइब्रिड) प्रतिकिलो ९० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ, तने बोडी प्रतिकिलो १२० रुपैयाँ, मकै...
‘वडादशैं विजयको उत्सव मात्र होइन् सत्य, सदाचार, सद्भाव र एकताको पर्व हो’ : वेद गुरु आचार्य (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
शारदीय नवरात्रि अन्तर्गत मनाइने बडादशैंमा नवदुर्गाको नौँ दिनसम्म पूजा आराधना गरिन्छ । घटस्थापनाबाट सुरु हुने यो अनुष्ठान, हरेक दिन पृथक् दुर्गा स्वरूपको पूजा गर्दै दशौँ दिनमा विजया दशमीको रूपमा समापन गरिन्छ ।
प्रधानमन्त्री कार्कीले बडादशैंको टीका नलगाउने
बिहीबार, असोज १६, २०८२
बडादशैँ हर्षोल्लास साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रातो टीकाले क्रान्ति र सेतोले शान्ति भाव प्रकट गराउँछ : न्यौपाने (भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
उनले रातो क्रान्तिको प्रतिक, शान्तिको प्रतिक अमरत्वको प्रतिक, अटल सौभाग्यको प्रतिकका रूपमा मानिने भएकाले विजयको रूपमा त रातो धारा लाउने पनि बताए ।
सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल
बिहीबार, असोज १६, २०८२
राष्ट्रपति पौडेलले भनेका छन्, ‘सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु ।’
दशैंको टीकाको दिन अधिकांश ठाउँमा बदलीसहित वर्षाको सम्भावना
बिहीबार, असोज १६, २०८२
रातिको समयमा पनि सबै प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने अन्य प्रदेशका केही स्थानहरूमा पनि थोरै वर्षा हुन सक्छ ।
आज विजया दशमी : उत्तम साइत ११:५३ बजे
बिहीबार, असोज १६, २०८२
टीका प्रसाद ग्रहण गर्ने साइत आज बिहान ११ः५३ बजे उत्तम रहेको जनाएको छ । विजया दशमी आफैमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु पर्दैन भन्ने मान्यता पनि छ ।
डलरदेखि दीनारसम्म यस्तो छ आजको विनिमय दर
बिहीबार, असोज १६, २०८२
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९० पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ९५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ७६ पैसा , स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।
टीका र जमरा : विजयादशमीको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक आयाम(भिडियोसहित)
बिहीबार, असोज १६, २०८२
उनी भन्छन्, ‘जमराले भगवती आमाको कृपा प्राप्त हुन्छ । पहेँलो जमरा सफलता र पूर्णताको प्रतीक हो । त्यही कारण दशैंमा जमरा टाउकोमा सजाएर मान्यजनबाट आशीर्वाद थापिन्छ ।’
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
बिहीबार, असोज १६, २०८२
प्रशंसकहरू बढ्नेछन् र मान सम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका तपाईँले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ।
साताको लोकप्रिय

