एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई
काठमाडौं - एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३–२ सेटको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो ।
सुरुआती दुई सेट २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका दुई सेट भने १३–२५, १७–२५ ले गुमायो ।
त्यसपछि खेलको पाँचौँ तथा निर्णायक सेटमा १५–८ ले विजयी हुँदै कर्णाली उपाधि जित्न सफल भयो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२ २१:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

