Harsamaya
पेट्रोल दुई र डिजेलको मूल्य तीन रुपैयाँले बढ्यो 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।

निगमले साविकको खुद्रा बिक्री मूल्यमा  पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

यो निर्णयसँगै अब पेट्रोलको मूल्य रु १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ । 

dg-p-1763220125.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update