Harsamaya
हर समय
हर समय
यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ
यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
नयाँ वर्ष सन् २०२६ सुरु
नयाँ वर्ष सन् २०२६ सुरु त्यसको व्यवस्थापनका लागि विसंका आधारमा गणना हुने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ । 
पुष १६ : पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश देखि  पेट्रोल डिजेलको मूल्य घटेको सम्म
पुष १६ : पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश देखि पेट्रोल डिजेलको मूल्य घटेको सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ
गोली लागेर एकजनाको मृत्यु, पाँच सिकारी पक्राउ मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह,  ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जङ्गल गएको प्रहरीले जनाएको छ।
प्रहरीले भन्योः इसानको मृत्यु गाडीको ठक्करबाट भएको हो
प्रहरीले भन्योः इसानको मृत्यु गाडीको ठक्करबाट भएको हो जिल्ला प्रहरी कार्यालयले आज एक विज्ञप्ति जारी गरी इसानको मृत्युको घटना र घटनापछिको विवरणका आधारमा अनुसन्धान गर्दा उनको मृत्यु गाडीको ठक्करबाट भएको जनाएको हो । प्रहरीले यही पुस २ गते नालीमा बेहोस रहेका इसानलाई आफन्तहरुको उपस्थितिमा नालीबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएको र चिकित्सकले मृत्यु भएको जानकारी गराएको विवरण...
राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण
राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए।
चार रुपैयाँले प्रेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य सय रुपैयाँले बढेपनि यथावत् राखियो
चार रुपैयाँले प्रेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य सय रुपैयाँले बढेपनि यथावत् राखियो जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ ।  यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने एक सय ३५  ले बढेर आएपनि यथावत् राखिएको जानकारी दिएको छ।
उपप्रमुख डङ्गोल भन्छिन्: हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजना छ
उपप्रमुख डङ्गोल भन्छिन्: हेरचाहलाई नमुना सेवाका रूपमा प्रारम्भ गर्ने योजना छ केन्द्रका विषयमा जानकारी दिँदै काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भनिन्,‘यस प्रकारको सेवा नयाँ हो । नयाँ काम गर्दा यसका प्रभाव मूल्याङ्कन गर्दै जानुपर्छ । प्रारम्भ गरिएका केन्द्रहरूको प्रभावकारिताका आधारमा सेवा थप गर्ने वा नगर्ने निर्णय गर्न हुनेछ ।’
रास्वपाले समानुपातिक सूची सच्याउने, बिहीबारसम्म सुझाव दिन आह्वान
रास्वपाले समानुपातिक सूची सच्याउने, बिहीबारसम्म सुझाव दिन आह्वान आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।
राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिस क्लब सेमिफाइनलमा
राष्ट्रिय भलिबल प्रतियोगिताः नेपाल पुलिस क्लब सेमिफाइनलमा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आज सम्पन्न समूह ‘बी’ को खेलमा पुलिसले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । सेमिफाइनल खेलमा पुलिसले आर्मीसँगको भेट पक्का गरेको छ ।
तीन दिने १३ औँ भेडेटार खाना महोत्सव जारी
तीन दिने १३ औँ भेडेटार खाना महोत्सव जारी ‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष अङ्ग्रेजी नयाँ वर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा हुँदै खाना महोत्सव आगामी पुस १८ गतेसम्म सञ्चालन हुने छ।
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा कार्यालय स्थापना कार्यालयबाट उम्मेद्वारी दर्ता, मतदान व्यवस्थापन, मतगणना र निर्वाचनसम्बन्धी काम हुने बताइएको छ । सो कार्यालयको  स्थापनापछि मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया अघि बढेको उनले बताए।निर्वाचन आयोगका अनुसार मधेश प्रदेशमा हाल ३७९ जना मतदाता छन् । ती मतदाताको कूल मतभार १० हजार ८३९ रहेको छ । मतदातामध्ये प्रदेशसभा सदस्य र...
Weather Update