Harsamaya
रास्वपाले समानुपातिक सूची सच्याउने, बिहीबारसम्म सुझाव दिन आह्वान
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सच्याउने बताएको छ।

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको छ । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।

‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो’, पार्टी सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त बन्दसूचीमा कुनै त्रुटी देखिएमा त्रुटी सच्याउन निर्वाचन आयोगले दिएको समयसीमाभित्र सुधार गरी समयमै पेस गर्ने रास्वपाले जनाएको छ ।अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १०:०० बजेभित्र यथोचित सुझाव प्रदेश सभापतिमार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ’, विज्ञप्तिमा भनिएको छ । 

rsp-1767191947.png
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  २०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update