Harsamaya
चार रुपैयाँले प्रेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य सय रुपैयाँले बढेपनि यथावत् राखियो
सांकेतिक तस्वीरः हर समय/harsamaya

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि मूल्य घटेको हो ।


जस अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ५ र हवाई इन्धनमा ६ रूपैयाँ घटाइएको छ ।  यसैगरी खाना पकाउने ग्याँस (एलपी ग्याँस)को मूल्य भने एक सय ३५  ले बढेर आएपनि यथावत् राखिएको जानकारी दिएको छ।

प्रेस-2082.09.16-(2026.12.31)._page-0001-1767193899.jpg
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update