करिब ४७ प्रतिशत प्रतिनिधिले गरे विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर
आइतबार, पुस २७, २०८२
सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन : महामन्त्री शर्मा
आइतबार, पुस २७, २०८२
महामन्त्री शर्माले काँग्रेस रूपान्तरणको आवश्यकता औँल्याउँदै वर्तमान काँग्रेसले विगतको तुलनामा बढी चुनौती सामना गरिरहेको स्वीकार गरे । पार्टीको नेतृत्व तहमा रहेकाले कमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्पष्ट गर्दै उनले भने, ‘हामी सबै रूपान्तरित काँग्रेसको पक्षमा छौँ ।
विशेष महाधिवेशन शक्ति वा सत्ताको सङ्घर्ष होइन, सोचको लडाइँ हो : गगन थापा
आइतबार, पुस २७, २०८२
आजबाट काँग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो, त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन । तल बस्ने सदस्यहरूलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ ।’
विशेष महाधिवेशनको बन्दसत्र बिहान ८ बजे हुने
आइतबार, पुस २७, २०८२
आयोजकका अनुसार बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल (भिडियोसहित)
आइतबार, पुस २७, २०८२
नेता पौडेलले आजको लोकतान्त्रिक व्यवस्थाको प्रारम्भिक चरणमै त्यसको वकालत गर्दै अधिकारका लागि लडेको इतिहास नेपाली कांग्रेससँग रहेको स्मरण गराए । तर सोही इतिहास बोकेको पार्टी आज कमजोर अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन
आइतबार, पुस २७, २०८२
आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग
आइतबार, पुस २७, २०८२
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएका छन् ।
पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी
आइतबार, पुस २७, २०८२
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसरले नचल्ने बताए ।
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
आइतबार, पुस २७, २०८२
शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पारे ।
कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ : नेता चौधरी
आइतबार, पुस २७, २०८२
आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे ।
कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो : गुरुराज घिमिरे
आइतबार, पुस २७, २०८२
उनले अब नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताए ।
कांग्रेसले इतिहासको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य बन्दैन : पूर्व उपसभापति श्रेष्ठ
आइतबार, पुस २७, २०८२
पाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने तर्क गरेका छन् ।
पृथ्वीनारायणलाई सम्झिन नसक्नेहरु नेपाली होइनन् : पूर्वमन्त्री विष्ट
आइतबार, पुस २७, २०८२
आइतबार कीर्तिपुरको लाइब्रेरी चोकमा आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले सबै जातको फूलबारी भनेको देशलाई आज फुटाउन खोजिएको भन्दै त्यसकारण पनि पृथ्वी जयन्ती मनाउन आवश्यक रहेको बताए ।
साताको लोकप्रिय

