काठमाडौं - नेपाली काँग्रेसको विशेष महाधिवेशनको पक्षमा ४६.४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
कोशी प्रदेशबाट ३७५, मधेश प्रदेशबाट ४१२, बागमती प्रदेशबाट ३८२, उपत्यकाका २००, लुम्बिनी प्रदेशबाट ३००, कर्णाली प्रदेशबाट ११२, गण्डकी प्रदेशबाट २३५, सुदूरपश्चिम प्रदेशबाट १०५ र भातृ शुभेच्छुक जनसम्पर्कबाट ८० गरी जम्मा २२०१ जना अर्थात् ४६.४० प्रतिशत प्रतिनिधिहरूले महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन् ।
सभापतिसहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वयले नै पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ (२) बमोजिम विशेषको माग गरेका थिए । काँग्रेसमा देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

