Harsamaya
राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको बताएका छन् ।

आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए ।

उनले भने,‘अहिले यो देशको राजनीतिक दलकाबीचमा एउटा नविन समझदारी आवश्यक परेको छ । त्यो समझदारीको आधार भनेको पृथ्वीपथ नै हो’ उनले भने ।

त्यस्तै उनले अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको भन्दै राजनीति ,अर्थतन्त्र या लोकतन्त्र सबै क्षेत्रमा पृथ्वीपथ नै सबै समस्याको समाधानको रुपमा देखिएको धारणा राखे ।

उनले भने,‘अहिले नेपालको जुन अवस्था छ । त्यो सबै परिस्थितिमा पृथ्वीपथ सबै समस्याको समाधानको रुपमा देखिएको छ । अहिले राष्ट्रिय राजनीति जुन गम्भीर दिशातर्फ गइराखेको छ । 

तरल बनिराखेको छ । यसको एक मात्र समाधान ,चाहे अर्थतन्त्रकै दृष्टिकोणले होस् ,पराराष्ट्र नीतिको सन्दर्भले होस् या लोकतन्त्रको दृष्टिकोणले होस् यो सबैमा पृथ्वीपथ नै सबै समस्याको समाधानको पाटो हो,’उनले भने ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update