शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
सोमबार, पुस २२, २०८१
शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ ।

वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव
सोमबार, पुस २२, २०८१
सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरुको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदा बनिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अहिले विधेयक मन्त्रालयमा छलफलका क्रममा रहेको...

लन्डनमा गुन्जियो कन्दरा
सोमबार, पुस २२, २०८१
‘पहिला घरदेश अनि परदेश’अन्तर्गत पोखरेली ब्यान्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इन्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो ।
कन्दरा ब्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा स्टेजमै आफ्नो वार्षिकोत्सव मनाएको थियो । कन्दराले ओटु साँझलाई ऐतिहासिक र...
-1734871500.png)
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
सोमबार, पुस २२, २०८१
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ ।
शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएकामा सोमबार सभापति लामिछाने पक्षका कानुन व्यवसायीहरूको बहस सुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी...

मधेस प्रदेशमा भ्रष्टाचारको ठूलो स्क्यान्डल: भूमि व्यवस्था, कृषि मन्त्रालयका ६ उच्च अधिकारीविरुद्ध मुद्दा दायर
सोमबार, पुस २२, २०८१
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, सह...

विशाल ग्रुपले नयाँ इभी ब्रान्ड ‘सिनोगोल्ड’भित्र्याउँदै, मूल्य ३९ लाख
सोमबार, पुस २२, २०८१
नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली बजारमा अन्य ब्रान्डका समेत सवारी साधन बिक्री–वितरण गरिरहेको भीजी मोटर्सले सिनोगोल्ड ब्रान्डको जुनजिङ–जेएक्स मोडलको ईभी सेडान भित्र्याउने भएको हो ।
भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार सो ईभीको मूल्य ३९ लाख रुपैयाँ हुनेछ ।
साताको लोकप्रिय