Harsamaya
नेकपाले टुङ्गो लगायो कोशीका ९ निर्वानचन क्षेत्रका उम्मेदवार

विराटनगर - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले कोशी प्रदेशको नौ निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो  लगाएको छ । 

नेकपाका नेता हरिबोल गजुरेलले  झापा ५ मा रञ्जित तामाङ, अजम्बर राई भोजपुर, खेलप्रसाद बुढाथोकी ताप्लेजुङ, हर्क नेम्बांग पाँचथरमा उम्मेदवार बनाउने निर्णय भएको बताए । यस्तै  सुनसरी १ मा मनोज भट्टराई, मोरङ ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल र मोरङ ३ मा डाक्टर देउमान सम्बाहाम्फेको नाममा अन्तिम टुङ्गो लगाएको छ ।  यस्तै झापा १ मा अशेष घिमिरेको नाम नेकपाले टुङ्ग्याएको छ ।

उम्मेदवार टुङ्गो लागेका मनोज भट्टराई, अमनलाल मोदी, शिवकुमार मण्डल, देउमान सम्बाहाम्फे र अशेष घिमिरेलाई भने टिकट वितरण भइसकेको छैन । 

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update