Harsamaya
हर समय
हर समय
सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने - माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो
सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने - माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताएका छन्।
वर्ल्ड एक्स्पो २०२५ लाई लक्षित गर्दै ओसाकामा आजदेखि ‘सडक धूम्रपान’ प्रतिबन्ध
वर्ल्ड एक्स्पो २०२५ लाई लक्षित गर्दै ओसाकामा आजदेखि ‘सडक धूम्रपान’ प्रतिबन्ध जापानको ओसाका शहरले आजदेखि सार्वजनिक सडकमा धूम्रपानलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यो निर्णय वर्ल्ड एक्सपो २०२५ लाई लक्षित गरी शहरलाई आगन्तुकमैत्री बनाउने प्रयास अन्तर्गत गरिएको हो।
इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ
इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। 
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार बारामा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ४० वर्षीया बबिता ठाकुर रहेकी छिन्।
‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई
‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई यस वर्षको "नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार" वरिष्ठ पत्रकार किशोर नेपालले पाएका छन् । 
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को निर्देशकमा पासवान नियुक्त
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को निर्देशकमा पासवान नियुक्त बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले वैद्यनाथ पासवानलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । विगत दुई वर्षदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट चारवर्षे कार्यकालका लागि पासवानलाई नियुक्त गरिएको परिषद्ले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री ओली
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् ।
पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण
पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण भोजपुर पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगन्ज बाँकेले जनाएको छ ।
सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा (विज्ञप्तिसहित)
सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा (विज्ञप्तिसहित) मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ।
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट सुनचाँदी बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले घटेर रू एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’
आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।
Weather Update