Harsamaya
राष्ट्रियसभा निर्वाचन: जोगियो आधा रकम‚ भयो दुई करोड ४० लाख खर्च

काठमाडौं - निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनको खर्चविवरण सार्वजनिक गरेको छ।

निर्वाचनमा दुई करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल खर्चको ५५.७७ प्रतिशत हो । यो निर्वाचनमा विनियोजित बजेटको आधा रकम जोगिएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनको निम्ति चार करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । माघ ११ गते राष्ट्रियसभाका रिक्त १८ पदका लागि निर्वाचन भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update