Harsamaya
गैरकानुनी रकम आर्जन गरेको भन्दै तत्कालीन इन्जिनियर विरूद्ध मुद्दा दर्ता
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोपसहित मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा अख्तियारले आचार्यसँग ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बिगो मागदाबी गरेको छ । इन्जिनियर आचार्यले पदीय मर्यादाविपरीतका कार्य गरी स्रोत पुष्टि हुन नसक्ने गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

उनले वैधानिक रूपमा कुल तीन करोड ५१ लाख आठ हजार २१० रुपैयाँ १८ पैसा आर्जन गरेको पाइएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । तर, सोही अवधिमा उनको र परिवारका नाममा १० करोड २९ लाख ९९ हजार २२६ रुपैयाँ १२ पैसा देखिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update