Harsamaya
महाराजगञ्जको ग्रिन तारा हस्पिटालिटीलाई २ लाख ५० हजार जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ।

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका पाँच उद्योग तथा फर्मको अनुगमन गर्दा एक कम्पनीलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागले शनिबार गरेको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३, महाराजगञ्जस्थित ग्रिन तारा हस्पिटालिटी प्रालिलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

त्यस्तै, काठमाडौं महानगरपालिका–८, जयबागेश्वरीस्थित लामा अटो इन्टरप्राइजेज, वडा नं. १६, खुशिबुस्थित रेवन ट्रेड लिंक, नयाँबजारस्थित श्री प्रिन्स स्टोर र ठमेलस्थित चोमोलुङमा आउटडुअर वेयर प्रालिलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागका अनुसार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको हो ।

विभागले उपभोक्ता हित संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १९:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update