Harsamaya
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- निर्वाचन आयोगले जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । आयोयगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्न उनीहरूलाई जिम्मेवारी दिएको हो।

आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी माघ ४ गते राति १२ बजेदेखि लागू गरिसकेको छ । आचारसंहिता कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयमा र प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई आर्थिक विषयमा फरक–फरक जिम्मेवारीसहित अनुगमन अधिकृत तोकिएको आयोगले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update