आठ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
सोमबार, साउन १२, २०८२
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू सुदन कुमार बिष्ट र उदय जंग बहादुर राणा, प्राविधिक प्रहरी नायव उपरीक्षकहरू धर्मानन्द भट्ट, सहकुल केसी, रितेश सिंह र उपेन्द्र कुमार ओझा तथा प्राविधिक प्रहरी निरीक्षकहरू राजेन्द्र लामा र सुदन श्रेष्ठ रहेका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच के के विषयमा भयो छलफल ? [भिडियो]
सोमबार, साउन १२, २०८२
‘सामुदायिक शिक्षा सम्बन्धी विधेयक अड्किएको छ, संघीय निजामती सेवा सम्बन्धी विधेयकमा षड्यन्त्र भएको छ,’ उपाध्यक्ष ज्वालाले भने, ‘निजामति विधेयक राष्ट्रिय सभामा पुगेपछि फेरि दयनीय अवस्थामा फर्काउने षड्यन्त्र भइरहेको छ ।’
संसदीय दलको नेतामा पुनः चयन हुनेछु : मुख्यमन्त्री लामा [भिडियोसहित]
सोमबार, साउन १२, २०८२
सोमबार हेटौंडामा बसेको काङ्ग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे ।
मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु
सोमबार, साउन १२, २०८२
त्यस्तै, नागरिक बीमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ । नागरिक बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा बसोबास गर्ने जो कोहीले पनि यस बीमाको लाभ लिन सक्ने छन ।
सिङ्गापुर, माल्टा र अमेरिका पठाइदिन्छु भन्दै लाखौं ठगी, तीन जना पक्राउ
सोमबार, साउन १२, २०८२
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-२ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका-१० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-२ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-७ घर भएका ६१ वर्षीया मैया देबी उप्रेती रहेका छन् ।
बेपत्ता हायु परिवारको खोजीमा रामेछापको प्रहरी पनि परिचालन
सोमबार, साउन १२, २०८२
रामेछापको हायु समुदायको बसोबास रहेको रामेछाप नगरपालिका–७ सुकाजोर र वडा नं ८ रामेछापको हायु गाउँमा प्रहरी परिचालन भएको छ । रामेछापको वडा नं ७ र ८ मा हायु समुदायको बसोबास रहेको छ ।
सार्वजनिक लेखा समिति बैठक : बेरुजु फछ्र्यौटको गति सुस्त भएको गुनासो (भिडियोसहित)
सोमबार, साउन १२, २०८२
सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा नेपाल सरकारका सबै मन्त्रालयका सचिवहरुसँग छलफल भएको छ ।
विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो
सोमबार, साउन १२, २०८२
विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुनेगरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ ।
सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १६ जना बेपत्ता
सोमबार, साउन १२, २०८२
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् ।
मन्त्रालयका सेवाहरु एकद्वार प्रणाली र प्रविधिमैत्री बनाउने अभियानमा छौं : मन्त्री भण्डारी (भिडियोसहित)
सोमबार, साउन १२, २०८२
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरुलाई एकद्वार प्रणालीबाट लगेर प्रविधिमैत्री बनाउने बताएका छन् ।
नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो
सोमबार, साउन १२, २०८२
साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
पर्यटनको विकास संस्कृतिको प्रवद्र्धनसँग जोडिएको छ : मन्त्री पाण्डे (भिडियोसहित)
सोमबार, साउन १२, २०८२
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको प्रवद्र्धन र विकासले पर्यटनको समेत विकास हुने बताएका छन् ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
सोमबार, साउन १२, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् ।
साताको लोकप्रिय

