ट्रम्पको घोषणाः वार्ता उपयोगी भयो‚इरानमाथिको आक्रमण पाँच दिन स्थगन
काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वको पूर्ण र समग्र समाधानका विषयमा उपयोगी वार्ता भएको बताएका छन् । उनले इरानका ऊर्जा संरचना र विद्युत् उत्पादन केन्द्रमाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत पछिल्ला दुई दिनमा अमेरिका र इरानबीच गहिरो, विस्तृत र रचनात्मक वार्ता भएको बताएका छन् । उनले उक्त वार्ता सकारात्मक दिशातर्फ अघि बढेको उल्लेख गरेका छन् ।
उनका अनुसार वार्ताको प्रगतिका आधारमा आगामी दिनमा पनि छलफल जारी रहनेछ । सोही क्रममा उनले रक्षा मन्त्रालयलाई इरानी ऊर्जा पूर्वाधारमाथि हुने सबै सैन्य कारबाही पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका हुन् ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ २०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

