ट्रम्पले भनेः इरानले परमाणु कार्यक्रम २० वर्ष रोके स्वीकार्य
शनिबार, जेठ २, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा वार्ता गरेपछि राष्ट्रपति विमान एयर फोर्स वानमा पत्रकारहरूसँग ट्रम्पले दुवै पक्ष इरानलाई आणविक हतियार राख्न दिनु हुँदैन र उसले अवरुद्ध गरेको होर्मुज जलमार्ग पुनः खोल्नुपर्छ भन्ने कुरामा सहमत भएको बताएका थिए ।
इरान-अमेरिका तनावः आगामी साता अर्को चरणको वार्ता हुने अपेक्षा
शनिबार, वैशाख ५, २०८३
इरानका विदेशमन्त्रीले व्यावसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला रहेको बताएकाले पनि मध्य पूर्वमा युद्धको अन्ततः अन्त्य हुने आशालाई बलियो बनाउँछ । तर, इरानी संसदका सभामुखले अमेरिकाले यस क्षेत्रमा आफ्नो नौसेना नाकाबन्दी नहटाएमा जलमार्ग फेरि बन्द हुने चेतावनी दिएका छन् ।
सरकारले भन्योः इरानमा पक्राउ परेका अमृत झा रिहा भए
बुधबार, वैशाख २, २०८३
दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए । उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।
इस्लामावादमा अमेरिका–इरान वार्ताकै बिच ट्रम्पले दिए अर्को चेतावनी
शनिबार, चैत २८, २०८२
ट्रम्पले सामाजिक सञ्जालमा लामो सन्देश लेख्दै केही सञ्चारमाध्यमले इरान जितिरहेको देखाउन खोजे पनि वास्तविकता त्यस्तो नभएको बताएका छन् । उनले आफ्नो प्रशासनका दाबी दोहोर्याउँदै इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, राडार, मिसाइल तथा ड्रोन उत्पादन संरचना धेरै हदसम्म नष्ट भएको उल्लेख गरेका छन् । साथै, इरानका लामो समयदेखिका नेतृत्वसमेत समाप्त...
तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, १३ जनाको मृत्यु
सोमबार, चैत २३, २०८२
नागरिक जनसङ्ख्यामा प्रत्यक्ष असर पर्ने यस प्रकारको हमला दीर्घकालीन सामाजिक र मनोवैज्ञानिक प्रभावहरू पनि पार्न सक्छन् ।
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
मंगलबार, चैत १७, २०८२
गभर्नर कार्यालयका सुरक्षा अधिकारी अकबर सालेहीका अनुसार प्रारम्भिक अनुसन्धानले आक्रमण स्थलमा केही सैन्य साइटहरूलाई लक्षित गरिएको देखाएको छ ।
इजरायलद्वारा तेहरानका दुई सैनिक क्षेप्यास्त्र उत्पादन स्थलमा आक्रमण
बुधबार, चैत ११, २०८२
पछिल्लो समयमा आईडीएफको गुप्तचरमा काम गर्ने इजरायली वायु सेनाले तेहरानका दुई प्रमुख सैनिक मिसाइल उत्पादन स्थलहरूमा आक्रमण गरेको सेनाले पुष्टि गरेको छ ।
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबीच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव
मंगलबार, चैत १०, २०८२
इरानको खण्डनपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५ डलरसम्म पुग्यो र अन्त्यमा १०१ डलर आसपासमा रहेर कारोबार भयो ।
ट्रम्पको घोषणाः वार्ता उपयोगी भयो‚इरानमाथिको आक्रमण पाँच दिन स्थगन
सोमबार, चैत ९, २०८२
उनका अनुसार वार्ताको प्रगतिका आधारमा आगामी दिनमा पनि छलफल जारी रहनेछ । सोही क्रममा उनले रक्षा मन्त्रालयलाई इरानी ऊर्जा पूर्वाधारमाथि हुने सबै सैन्य कारबाही पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका हुन् ।
हर्मुज जलसन्धि अनिश्चितकालका लागि बन्द गर्ने इरानको धम्की
सोमबार, चैत ९, २०८२
पछिल्लो समय विकसित यी घटनाक्रमले मध्यपूर्वमा ठूलो युद्धको खतरा बढाइदिएको छ, जसले विश्वको ऊर्जा आपूर्ति र आर्थिक स्थिरतामा गम्भीर असर पार्ने देखिएको छ ।
द्वन्द्व अन्त्यका लागि इरानका ६ सर्त
सोमबार, चैत ९, २०८२
नाम नबताउने सर्तमा ती अधिकारीले भने, ‘महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ।’
इरानलाई ट्रम्पको धम्की: ४८ घण्टाdf हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने
आइतबार, चैत ८, २०८२
यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन गर्ने इरानको क्षमतालाई निस्तेज पार्नु नै आफूहरूको स्पष्ट सैन्य उद्देश्य रहेको बताएको छ ।
इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’
शनिबार, चैत ७, २०८२
अल जजीराका अनुसार, इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय गन्तव्यहरू इरानका शत्रुहरूका लागि सुरक्षित नरहने चेतावनी दिएका हुन् ।
साताको लोकप्रिय

