Harsamaya
अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गर्नेलाई ३० हजार डलर इनाम घोषणा
अमेरिकी सैनिक ।

तेहरान - इरानले अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गरी बुझाउने व्यक्तिलाई ३० हजार अमेरिकी डलर इनाम दिने घोषणा गरेको छ।

इरानी समाचार संस्था इर्नाका अनुसार इरानी सेना प्रमुख अमिर हातमीले यस्तो कार्य गर्ने व्यक्तिलाई ३० हजार डलर वा पाँच अर्ब तोमान बराबरको रकम दिइने बताएका हुन्। महिलाले यस्तो कार्य गरेमा इनाम दोब्बर हुने उनले बताएका छन्।

हातमीका अनुसार ठूलो संख्यामा मानिसले आर्थिक सहयोगसम्बन्धी प्रस्ताव गरेपछि यस्तो योजना अघि सारिएको हो। यद्यपि इरानमा अमेरिकी स्थल सेना तैनाथ रहेको कुनै जानकारी छैन। अप्रिलमा खसेका एक अमेरिकी पाइलटको उद्धारका लागि छोटो अमेरिकी सैन्य अभियान भएको थियो।

इरान र अमेरिकाबीचको तनाव तथा सैन्य संघर्ष जारी रहँदा इरानले यस्तो घोषणा गरेको हो। दुई देशबीचको पछिल्लो युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो भने करिब ४० दिनपछि अप्रिलमा युद्धविराम भएको थियो। त्यसपछि शान्ति वार्ताको प्रयास भए पनि सहमति हुन सकेको छैन।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update