Harsamaya
इरान-अमेरिका तनावः आगामी साता अर्को चरणको वार्ता हुने अपेक्षा
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - अमेरिका र इरानबीच सोमबार पुन: वार्ता हुने अपेक्षा गरिएको छ । सीएनएनले दाबी अनुसार दुवै देशका प्रतिनिधिमण्डलहरू वार्ताका लागि अर्को साता पाकिस्तान आइपुग्ने समाचारमा उल्लेख छ ।

सीएनएनले इरानी स्रोतहरूलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो । यद्यपि, अमेरिकाले वार्ता तय भएको पुष्टि गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार दुवै पक्षहरू सम्झौताको नजिक रहेको विश्वास व्यक्त गरेका थिए ।

इरानका विदेशमन्त्रीले व्यावसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला रहेको बताएकाले पनि मध्य पूर्वमा युद्धको अन्ततः अन्त्य हुने आशालाई बलियो बनाउँछ । तर, इरानी संसदका सभामुखले अमेरिकाले यस क्षेत्रमा आफ्नो नौसेना नाकाबन्दी नहटाएमा जलमार्ग फेरि बन्द हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update