सरकारले भन्योः इरानमा पक्राउ परेका अमृत झा रिहा भए
काठमाडौं - इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार उनलाई बुधबार रिहा गरिएको हो ।
इरानस्थित कन्सुलरसँग समन्वयपछि रिहाइ भएको उनको भनाइ छ । झा इजरायल–अमेरिका र इरानबीच तनाव सुरु हुनुअघि इन्धन लिन इरान पुगेका थिए ।
दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए । उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए ।
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ २१:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

