काठमाडौं - उज्यालो नेपाल पार्टीले किरण केसीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइयो) पदमा नियुक्त गरेको छ। पार्टीले सोमबार जारी गरेको औपचारिक नियुक्तिपत्र अनुसार केसीलाई २०८२ चैत १० (२३ मार्च २०२६) देखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
पार्टीका तर्फबाट जारी विज्ञप्तिमा केसीको नेतृत्व क्षमता, दक्षता र प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै उनको अनुभव र दूरदृष्टिले संस्थाको प्रभावकारी व्यवस्थापन तथा निरन्तर प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको उल्लेख छ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केसीले संस्थाका कार्यकारी गतिविधिहरूको नेतृत्व गर्ने, प्रमुख नीति तथा रणनीतिहरू कार्यान्वयन गर्ने तथा संस्थाले तय गरेका लक्ष्य र उद्देश्यहरू हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनेछन्।
उज्यालो नेपाल पार्टीका मुख्य सचिव डा. राजु थापाले केसीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै इमानदारी, समर्पण र उत्कृष्टताका साथ जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

