Harsamaya
मध्यपूर्व तनावले सौराहाको पर्यटन व्यवसाय चौपट
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

चितवन - मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण सौराहा क्षेत्रको पर्यटन व्यवसाय प्रभावित बनेको छ। हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउने धेरै विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन्।

व्यवसायीका अनुसार विगतका वर्षमा यही समयमा होटलहरू करिब ८० प्रतिशत भरिने गरे पनि यस वर्ष करिब २० प्रतिशत मात्र कोठा भरिएका छन्।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार फेब्रुअरीदेखि अप्रिलसम्म सौराहाको मुख्य पर्यटकीय मौसम भए पनि द्वन्द्वका कारण ठूलो सङ्ख्यामा बुकिङ रद्द भएको छ।

मध्यपूर्वका देश हुँदै आउने ट्रान्जिट उडान प्रभावित हुँदा युरोप, अमेरिका र बेलायतलगायत देशका पर्यटकको आगमन घटेको व्यवसायीको भनाइ छ। सौराहामा हाल १४८ होटलमा करिब ७ हजारभन्दा बढी पर्यटक अट्ने क्षमता रहेको छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update