अस्पताल अलपत्र पार्ने ठेकेदारको गाडी मेयरको नियन्त्रणमा
खोटाङ - हलेसी तुवाचुङ नगरपालिकाले निर्माणाधीन आधारभूत अस्पतालको काम अलपत्र पारेको भन्दै ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ।
नगरपालिका–७ महादेवस्थानमा निर्माणाधीन १५ शय्याको अस्पताल समयमै निर्माण नभएपछि ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नियन्त्रणमा लिएको नगरप्रमुख विमला राईले जानकारी दिइन् ।
नगरपालिकाले निर्माण कम्पनीलाई चैत १२ गतेदेखि काम पुनः सुरु गरी ४५ दिनभित्र बेसमेन्ट स्ल्याब र त्यसपछि चरणबद्ध रूपमा अन्य संरचना निर्माण गर्ने लिखित प्रतिबद्धता गराएको छ।
प्रतिबद्धता अनुसार काम नभए कानुनी कारबाही गरिने नगरपालिकाले जनाएको छ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ १६:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

