काबुलमा बालिकाको शिक्षाका लागि विद्यालय खोल्न अपिल
काबुल - अफगानिस्तानको राजधानी काबुलमा महिला विद्यार्थीहरूले बन्द रहेका विद्यालय तथा शैक्षिक संस्थाहरू पुनः खोल्न अपिल गरेका छन्। उनीहरूले इस्लामिक इमिरेट्सअन्तर्गत लगाइएको प्रतिबन्ध हटाई बालिकालाई पुनः अध्ययन गर्ने अवसर दिन आग्रह गरेका हुन्।
विद्यालय जान नपाउँदा आफ्नो भविष्य जोखिममा परेको भन्दै उनीहरूले शैक्षिक संस्थाहरू लामो समयदेखि बन्द रहँदा निराशा बढेको बताएका छन्।
पछिल्लो समय अफगानिस्तानमा बालिकाको शिक्षामाथि लगाइएको प्रतिबन्धले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचिरहेको छ। विभिन्न मानवअधिकार सङ्गठनहरूले शिक्षामा पहुँच मौलिक अधिकार भएको भन्दै विद्यालय र विश्वविद्यालय चाँडै खोल्न आग्रह गरेका छन्।
प्रकाशित मिति: सोमबार, चैत ९, २०८२ १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

