६ निर्माण कम्पनी कालो सूचीमा
शुक्रबार, साउन ९, २०८२
जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

सुरु भयो एक महिने गुँला पर्व
शुक्रबार, साउन ९, २०८२
यो अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गरिन्छ । बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्ला वर्षमा यो पर्व मनाउन थालेका छन् ।

खाद्यविद् बरालको ‘मःमःका पाइलाहरु’को विमोचन
शुक्रबार, साउन ९, २०८२
पोखरामा जन्मिएका बराल लामो समयदेखि लन्डनमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगका लागि उनी उत्तिकै क्रियाशील छन् ।

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता प्राप्तिको लडाई अन्त्य भइसक्यो : पूर्ण बस्नेत
शुक्रबार, साउन ९, २०८२
सरकारको भ्रष्टाचार, असफलता र अलोकप्रियतालाई छोप्न र रास्वपाको हस्ताक्षर अभियानबाट जनताको ध्यान डाइभर्ट गर्न यो सबै एमालेले जानी बुझी खेलेको खेल र प्रपञ्च होइन भने विद्या भण्डारीको एमाले राजनीतिक जीवनमा लगभग पूर्ण बिराम लागिसकेको बस्नेतको ठोकुवा छ ।

प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै
शुक्रबार, साउन ९, २०८२
महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडक खण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसै गरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शुक्रबार, साउन ९, २०८२
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो प्रतिकिलो ४६ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ कायम भएको छ ।

आज विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी
शुक्रबार, साउन ९, २०८२
सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै
शुक्रबार, साउन ९, २०८२
पदाधिकारी बैठकमा काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन् । सरकारप्रति काँग्रेसभित्रै चर्को असन्तुष्टि बढिरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन् ।

भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन
शुक्रबार, साउन ९, २०८२
दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थल मार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएको हो ।

समृद्धि मुठ्ठीभर मानिसका लागि मात्र होइन, आम जनताका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
शुक्रबार, साउन ९, २०८२
उनले नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै यस्तो जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने बताइन् । उनले समृद्धि मुठ्ठीभर केही मानिसको लागि मात्रै होइन, आम जनताको लागि हुनुपर्ने बताइन् ।

टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित
शुक्रबार, साउन ९, २०८२
टि-ट्वान्टी आई सिरिजमा पाकिस्तानले घरेलु टोली बंगलादेशविरुद्धको सान्त्वना जित हासिल गरेको छ ।

लगातार कामको चापले आफू थकित छु : प्रधानमन्त्री
शुक्रबार, साउन ९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।
-1753407085.jpg)
श्रीसिया नदीको प्रदूषण नियन्त्रणमा आवश्यक कदम चालिने छ : मन्त्री यादव
शुक्रबार, साउन ९, २०८२
मन्त्री यादवले स्थानीय तह, प्रदेश सरकार र संघ सरकारको सहकार्यमा मात्र प्रदूषण नियन्त्रणमा दिगो समाधान सम्भव हुने तथा नदी प्रदूषण नियन्त्रणका लागि खानेपानी मन्त्रालयका तर्फबाट आवश्यक सबै पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
साताको लोकप्रिय