Harsamaya
चार प्रदेशमा भारी वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने जनाइएको छ।

राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update