ट्राफिक प्रहरीले गर्यो १ हजार २४७ जनालाई कारबाही
काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २४७ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ७८, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १६८, हर्न निषेधमा ४०, लेन क्रसमा ४१, अवस्था ठिक नभएको ४२, एकतर्फीमा १७ र अन्यमा ७५४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

