सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ कायम भएको छ । त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३ १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

