Harsamaya
सुनको मूल्य घट्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार यसको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यससँगै सुन र चाँदी दुवैको मूल्यमा लगातार गिरावट देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update