Harsamaya
सुनको तोलामा १ हजारले घट्यो, तोलाको कति पुग्यो ?
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ८० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य २ लाख ७० हजार २०० रुपैयाँ कायम थियो । यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको थियो ।

सुनको मूल्यमा लगातार गिरावट देखिएको छ । शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update