सुनको मूल्य एकैदिन ३ हजार ३०० रुपैयाँले घट्यो
काठमाडौं - नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम जारी छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३ ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

