बालेनले भने - सरकारले भ्रमको खेती गरिरहेको छ
सोमबार, फागुन १९, २०८१
बालेनले जति भ्रम फैलाए पनि, तपाईंका भ्रष्ट कार्यकर्तासँग नझुक्ने बताउँदै सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता नगर्ने स्पष्ट गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले थप योगदान गर्ने विश्वास -पूर्वराष्ट्रपति भण्डारी
सोमबार, फागुन १९, २०८१
सोमबार काठमाडौंमा पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास व्यक्त गरेकी हुन् ।
‘सर्माइ भागेर’ मा पुष्प र सहारा (भिडियोसहित)
सोमबार, फागुन १९, २०८१
उनले गीत निकै कर्णप्रिय रहेको भन्दै भिडिओ पनि सक्दो मेहनत गरेर तयार गरेको बताए । कुलेखानी र आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की, गीता अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको बताए ।
नेप्से १३.६२ अंकले घट्यो
सोमबार, फागुन १९, २०८१
आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ ।
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटीलबीच बास क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सोमबार, फागुन १९, २०८१
उनले भने, 'भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौतापत्रको लक्ष्य रहेको छ ।'
पारस शाहलाई हृदयघात
सोमबार, फागुन १९, २०८१
अस्पताल स्रोतले पारस आइतबार साँझ अस्पताल भर्ना भएको र अहिले उपचार जारी रहेको जानकारी दिएको छ । पारसलाई मुटुसम्बन्धी समस्या देखिएको बुझिएको छ ।
आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न कार्यकर्तालाई देउवाको सभापति
सोमबार, फागुन १९, २०८१
सोमबार नेपाली कांग्रेस, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीभित्र नमिलेका र विवादका विषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताएका हुन् ।
नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्ने योग्य बनाउँछु - मुख्य प्रशिक्षक म्याट रोस
सोमबार, फागुन १९, २०८१
म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसंगै नेपाली टीमलाई बलियो रुपमा...
‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण
सोमबार, फागुन १९, २०८१
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरेललगायत सहभागी छन् ।
गोरखा दुर्घटनामा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो
सोमबार, फागुन १९, २०८१
अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए ।
सेयर बजारमा उछाल, नेप्से परिसूचक २९ सय नाघ्यो
सोमबार, फागुन १९, २०८१
कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन
ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना गर्न विभागलाई ध्यानाकर्षण
सोमबार, फागुन १९, २०८१
भारवहन सीमा कडाइका साथ कार्यान्वयन नुहुदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए।
रारा घुम्न आएका पर्यटकको मृत्यु
सोमबार, फागुन १९, २०८१
आइतबार राति श्वास फेर्न समस्या भएपछि अस्पताल गए पनि, चिसो मौसम र अक्सिजनको कमीले उच्च हिमाली क्षेत्रमा लेक लागेर उनको सोमबार बिहान ज्यान गएको हो ।
साताको लोकप्रिय

