Harsamaya
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा केही स्थिरता देखिए पनि नेपालमा आज विदेशी मुद्राको विनिमय दरमा सामान्य उतारचढाव देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि जारी गरेको विनिमय दरअनुसार प्रमुख मुद्राहरूमा हल्का फेरबदल देखिएको छ । 

नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको जनाएको छ । 

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १७ पैसा र बिक्रीदर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ  ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७१ पैसा र बिक्रीदर २० रुपैयाँ ८० पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४५ रुपैयाँ  रुपैयाँ ५६ पैसा, बहराईन दीनार एकको खरिदमा ३६० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ४४ पैसा,  ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ४० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

राष्ट्र बैंकले यी दरहरू आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिने स्पष्ट पारेको छ । यस्ता दरहरू वाणिज्य बैंकहरूमा फरक हुनसक्ने हुँदा प्रयोगकर्ताले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update